Aji's

View Original

विषय: ज्येष्ठ नागरिकका लागि स्वास्थ्य बीमा (Health Insurance for the Elderly)

अजिज् स्वास्थ्य फोरम (Aji’s Health Forum) ज्येष्ठ नागरिकहरुसँग सम्बन्धित स्वास्थ्य समस्याहरुको बारेमा डाक्टरहरु र विशेषज्ञहरु सँग प्रत्यक्ष कुराकानी गर्ने फोरम हो।  यस स्वास्थ्य फोरमको उद्देश्य ज्येष्ठ नागरिकलाई बढी हुने स्वास्थ्य समस्याहरुको बारेमा जानकारी दिनु र छलफल गर्नु हो।

अजिज् स्वास्थ्य फोरमको पाँचौ सत्र जेष्ठ नागरिकका लागि स्वास्थ्य बीमा सम्बन्धि रहेको थियो। कार्यक्रममा विशेषज्ञ मिनराज ज्ञवालीविशेषज्ञ हिमलाल ज्ञवालीले जेष्ठ नागरिकका लागि स्वास्थ्य बीमाका बारेमा विस्तृत रुपमा जानकारी दिनु भयो। विशेषज्ञ मिनराज ज्ञवाली केयर नेपाल सुआहारा कार्यक्रमको स्वास्थ्य सेवा निर्देशक हुनुहुन्छ भने विशेषज्ञ हिमलाल ज्ञवाली महालक्ष्मी नगरपालिका, ललितपुरको स्वास्थ्य साखा प्रमुख हुनुहुन्छ।

फोरममा विशेषज्ञ हिमलालले बीमा कार्यक्रम भनेको के हो, यसको उद्देश्य के-के हुन्, यसका विशेषताहरू, स्वास्थ्य बीमा र अन्य बीमा बीच फरक, स्वास्थ्य बीमाको नीतिगत व्यवस्था, संगठनात्मक संरचना, स्वास्थ्य बीमा कार्यक्रमका क्षेत्र, दर्ता प्रक्रिया, सदस्यता दर्ता र सेवा क्रियाशील हुने समय, कार्यक्रम लागु भएका जिल्लाहरू, स्वास्थ्य बीमा प्रबर्द्वनमा सरोकारवालाहरूको भूमिका तथा ब्यालेन्सबारे बुझ्ने प्रक्रिया र वेब साइटका बारेमा जानकारी दिनुभयो। प्रस्तुतीकरण पछि खुल्ला प्रश्न उत्तर सत्र पनि आयोजित गरिएको थियो भने दर्शकहरूबाट आएका प्रश्नहरु, आफ्ना अनुभवका केहि टिप्पणीहरु पनि सम्बोधन गर्नु भयो। सम्पूर्ण प्रस्तुति नेपाली भाषामा थियो र सो कार्यक्रम जूममा र अजिजको आधिकारिक पृष्ठमा लाइभ प्रस्तुत गरिएको थियो।

आफ्नो अमुल्य समय दिनुभएकोमा विशेषज्ञ मिनराज ज्ञवाली र विशेषज्ञ हिमलाल ज्ञवालीलाई अजिज् टीमको मुरी मुरी धन्यबाद।  

कार्यक्रमको रेकोर्दिंग यो लिंकमा हेर्न सक्नु हुन्छ: 

See this content in the original post

विशेषज्ञ हिमलाल ज्ञवालीले तयार पार्नु भएको विस्तृत जानकारीमुलक प्रस्तुति (powerpoint) यो लिंक बाट download गर्न सकिन्छ। 

See this content in the original post