Aji's

View Original

विषय: रजोनिवृति पछिको स्वास्थ्य समस्या | विशेषज्ञ: डा. रिमा महर्जन

अजिज् स्वास्थ्य फोरम (Aji’s Health Forum) ज्येष्ठ नागरिकहरुसँग सम्बन्धित स्वास्थ्य समस्याहरुको बारेमा डाक्टरहरु र विशेषज्ञहरु सँग प्रत्यक्ष कुराकानी गर्ने फोरम हो।  यस स्वास्थ्य फोरमको उद्देश्य ज्येष्ठ नागरिकलाई बढी हुने स्वास्थ्य समस्याहरुको बारेमा जानकारी दिनु र छलफल गर्नु हो।

अजिज् स्वास्थ्य फोरमको सातौं सत्र रजोनिवृति पछिको स्वास्थ्य समस्या सम्बन्धि रहेको थियो। कार्यक्रममा डा. रिमा महर्जनले रजोनिवृति पछिको स्वास्थ्य समस्याका बारेमा विस्तृत रुपमा जानकारी दिनु भयो। डा. रिमा महर्जन स्त्री रोग, प्रजनन् स्वस्थ र प्रसूति विशेषज्ञ हुन्। हाल उहाँ निजामती कर्मचारी अस्पतालमा कार्यरत हुनुहुन्छ। डा. रिमाले एमबीबीएस बांग्लादेशबाट पूरा गर्नुभएको छ।     फोरममा डा. रिमाले रजोनीवृति भनेको के हो, यसका कारणहरू,सामान्य लक्षणहरू, समस्याहरू लगायत लक्षणहरूको निराकरणको लागि के-के गर्न सकिन्छ जस्ता बिषयहरुलाई समेट्नु भयो। प्रस्तुतीकरण पछि खुल्ला प्रश्न उत्तर सत्र पनि आयोजित गरिएको थियो भने दर्शकहरूबाट आएका प्रश्नहरु, आफ्ना अनुभवका केहि टिप्पणीहरु पनि सम्बोधन गर्नु भयो। सम्पूर्ण प्रस्तुति नेपाली भाषामा थियो र सो कार्यक्रम जूममा र अजिजको आधिकारिक पृष्ठमा लाइभ प्रस्तुत गरिएको थियो।

कार्यक्रमको रेकोर्दिंग यो लिंकमा हेर्न सक्नु हुन्छ: 

See this content in the original post

डा. रिमाले तयार पर्नु भएको विस्तृत जानकारीमुलक प्रस्तुति (powerpoint) यो लिंक बाट download गर्न सकिन्छ। 
आफ्नो अमुल्य समय दिनुभएकोमा डा. रिमालाई अजिज् टीमको मुरी मुरी धन्यबाद।  

See this content in the original post