Aji's

View Original

विषय: जेष्ठ नागरिककालागि सामाजिक सुरक्षा | विशेषज्ञ: कवीन्द्र नेपाल,उपसचिव-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

अजिज् स्वास्थ्य फोरम (Aji’s Health Forum) ज्येष्ठ नागरिकहरुसँग सम्बन्धित स्वास्थ्य समस्याहरुको बारेमा डाक्टरहरु र विशेषज्ञहरु सँग प्रत्यक्ष कुराकानी गर्ने फोरम हो।  यस स्वास्थ्य फोरमको उद्देश्य ज्येष्ठ नागरिकलाई बढी हुने स्वास्थ्य समस्याहरुको बारेमा जानकारी दिनु र छलफल गर्नु हो।

अजिज् स्वास्थ्य फोरमको छैटौं सत्र जेष्ठ नागरिकका लागि सामाजिक सुरक्षा सम्बन्धि रहेको थियो। कार्यक्रममा विशेषज्ञ कवीन्द्र नेपालले जेष्ठ नागरिकका लागि सामाजिक सुरक्षाका बारेमा विस्तृत रुपमा जानकारी दिनु भयो। विशेषज्ञ कवीन्द्र नेपाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव हुनुहुन्छ। उहाँले केडीआई स्कुल अफ पब्लिक पोलिसी एण्ड म्यानेजमेन्ट दक्षिण कोरियाबाट एमपीए पूरा गर्नुभएको छ। उहाँ राष्ट्रिय नीतिहरू विक्ष्लेषण र बनाउने कार्यमा विगत एक दशक देखि कार्यरत हुनुहुन्छ। 

फोरममा विशेषज्ञ कवीन्द्रले बुढ्यौलीका सिद्धान्तहरू, सामाजिक सुरक्षा भनेको के हो, यसका सिद्धान्तहरू के-के छन्, सामाजिक संरक्षणको छाताभित्र समेटिने विषयहरू के-के हुन्, नेपालमा सामाजिक सुरक्षाको सुरूवात कसरी भयो, नीतिगत कानुनी व्यवस्था के-कस्ता रहेका छन्, संरचनागत व्यवस्था के-कस्तो छ, जेष्ठ नागरिक लक्षित कार्यक्रमहरू के-के छन् लगायत जेष्ठ नागरिकको समस्याहरूको बारेमा जानकारी दिनुभयो। प्रस्तुतीकरण पछि खुल्ला प्रश्न उत्तर सत्र पनि आयोजित गरिएको थियो भने दर्शकहरूबाट आएका प्रश्नहरु, आफ्ना अनुभवका केहि टिप्पणीहरु पनि सम्बोधन गर्नु भयो। सम्पूर्ण प्रस्तुति नेपाली भाषामा थियो र सो कार्यक्रम जूममा र अजिजको आधिकारिक पृष्ठमा लाइभ प्रस्तुत गरिएको थियो।

आफ्नो अमुल्य समय दिनुभएकोमा विशेषज्ञ कवीन्द्र नेपाललाई अजिज् टीमको मुरी मुरी धन्यबाद। 

कार्यक्रमको रेकोर्दिंग यो लिंकमा हेर्न सक्नु हुन्छ: 

See this content in the original post

विशेषज्ञ कवीन्द्र नेपालले तयार पार्नु भएको विस्तृत जानकारीमुलक प्रस्तुति (powerpoint) यो लिंक बाट download गर्न सकिन्छ। 

See this content in the original post